हे मेरी सहयात्री!
हाम्रो अनंत प्रेम ले नै
रचेको छ यो ब्रह्माण्ड
म सुर्य बनें
र तिमी रोशनी बन्यौ
म चन्द्रमा बनें
तिमी चांदनी बन्यौ,
म पर्वत बनें
तिमी नदी बन्यौ
म आकाश बनें
त तिमी बादल बन्यौ
म धरती बनें
तिमी पीर बन्यौ
म सपना बनें
त तिमी नयन बन्यौ
म मृत्यु बनें
त तिमी जीवन बन्यौ,
हाम्रो अनंत प्रेम को
अबूझ रहस्य
कहिले बुझ्छ होला
यो संसार
एक इंद्रजाल जस्तो रहस्यमय छ
हाम्रो अनंत प्रेम;
आऊ प्रिय!
बुझ्न नसक्ने यो प्रेम लाई,अब संसार लाई समझाऊं
प्रेम मा आफुलाई हराएर पाइन्छ प्रेम, सबैलाई बताऊं।
No comments:
Post a Comment