43
हे मेरी सहयात्री!
हाम्रो प्रेम रुख को
हांगा- हांगा बाट
झरेका थिए
सबै प्रेम का पातहरु
समय को निर्दयी
औंलाहरु ले
तोडेका थिए
फुलेका कोमल फूलहरु।
कम्पायमान थियो आकाश
मौन भएका थिए
पर्वत का शृंखलाहरु
थरथराउंन लागेको थियो
धरती पनि
रोकिन लागेका थिए
बग्दै गरेका नदी
रोकिएका थिए हावा
उदास भएका थिए
सुर्य, चंद्रमा र ताराहरु
तर हाम्रो
असीम प्रेम को वसंत
अझै पनि फुलेको छ
पुर्णिमा को जुन जस्तै;
आऊ प्रिय!
अनंत प्रेम को वसंत लाई आफ्नो आत्मामा भरौं
यो वसंत को ओंठ मा हाम्रो प्रेम ऋचाहरु राखौं।
No comments:
Post a Comment