40
हे मेरी सहयात्री!
हाम्रो अनंत प्रेम को
अग्नि को लौ को रोशनी
अब फैलिंदै छ
ब्रह्माण्ड मा,
आईना हरु मा
प्रतिबिम्बित भएर
अब यो प्रेम को रोशनी
प्रेम मा जल्दो हृदय लाई
आफ्नो प्रकाशले
प्रज्वलित गर्नेछ,
यसको प्रति छायां मा
रातरानी को फूल पनि
चम्किनेछन
हृदय को दाग पनि
उज्यालिने छन
जगमगाउंनेछन
सितारा हरु,
जल्दो चांदनी देखि
काटिनेछन
बरफ को हर नदी
र बग्नेछ
प्रेम को महानदी;
आऊ प्रिय!
प्रेम को यो अनौठो रोशनी मा मिलेर नहाऔं
आफ्नो महामिलन को कथा सबैलाई सनाऔं।
No comments:
Post a Comment