Saturday, January 18, 2025

Sehyatri_Nepali_50

 50


हे मेरी सहयात्री!

हाम्रो प्रेम सागर को 

तिमी हौ शंख रानी 

र म हुं टाइटन *(Tpitwv)

जब जब सृष्टि मा 

हुन्छन युद्ध 

र जब जब 

विजयी हुन्छ प्रेम 

तब तब 

म घोषणा गर्छु

आफ्नो शंखनाद संग,

फुक्छु प्राण 

रित्तो मुटुमा 

भर्छु प्रेम को रक्त 

उन का नसहरू मा 

गर्छु उल्लासित 

उदास धरती लाई 

मेरो शंखनाद ले 

तरंगित हुन्छन 

प्रेम श्लोक हरू

हरेक दिशा मा 

फैलिन्छन प्रेम तरंग 

र यो अबुझ संसार लाई 

दिन्छन प्रेम को सन्देश;



आऊ प्रिय!

हामी मिलेर शंखनाद गरौं, प्रेम को बिगुल बजाऔं,

यो धरती बाट घृणा को नाम निशान मेटाऔं।

No comments:

Post a Comment