Tuesday, January 14, 2025

Sehyatri _Nepali_48

 48


हे मेरी सहयात्री!

समुद्र को 

लहरै लहर मा

उत्रींदै गरेको एक नदी 

र डुब्दै गरेको सुर्य,

शांत लहर हरु मा 

तैरींदै गरेको 

हाम्रो प्रेम कश्ती 

आत्मा को विरही पंछी 

प्रतिक्षा गरिरहेको छ।

आफ्नो अनंत प्रेम को 

डुब्दै गरेको सुर्य संगै 

म पनि प्रतिक्षारत छु।

कहिले आंउछौ तिमी 

त्यो पारी बाट 

कहिले हामी बढछौं 

प्रेम को अनंत बाटोमा 

घाम डुब्न भन्दा पहिल्यै 

मलाई आफ्नो अंगालोमा भर‌‌‌ 

यि तिर्खाएका अधरहरू मा 

आफ्ना अधरहरू राखिदिनु,

मेरो ह्रदय मा 

आफ्नो छाप अंकित गरिदिनु;



आऊ प्रिय!

यो डुब्दै गरेको सुर्य लाई आफ्नो आंखाहरूमा भरौं 

आफ्नो प्रेम गागरी मा उस पिडा लाई पनि भरौं।

No comments:

Post a Comment