37
हे मेरा सहयात्री!
हाम्रोअसीम प्रेमको रूख
जलिरहेको छ घामको तापले,
माया जलाएको पीडाले,
प्रेमको लगावले।
तर यसका जरा संगै
लिप्त हाम्रो आत्माहरू
अझै पनि उज्यालो छन्
मायाको प्रकाशमा।
हाम्रो मायाको उज्यालो घाम चिर्दै
छुन सक्नेछ प्रत्येक क्षितिजलाई।
हाम्रो असीम प्रेमको रूखको आत्माबाट उठेको संगीत
फैलिनेछ पूरा ब्रह्माण्ड भरि,
जहाँ तहाँ फूल्नेछन्
मायाका फूलहरू।
आऊ प्रिय!
मायाको तापमा जल्दै कुन्दन बनौँ,
हामी कहिल्यै नटुट्ने प्रेमको बन्धन बनौँ।
No comments:
Post a Comment