33
हे मेरा सहयात्री!
यो धरती मा
हामी ले मिलेर
रोपेका थियौं
एउटा प्रेम अंकुर
जसले धरती पनि
मुस्कुराउंदै थिइन,
केही प्रेम जल
प्रेम हवा र
केहि प्रेम किरण हरु को
स्पर्श ले फूटेको थियो प्रेमांकुर
फूटेका थिए प्रेम कली हरु
यि प्रेम कली हरु को बास्ना ले
मग - मग भयो धरती - आकाश,
अहिले फुल्ने छन फूल
यि कली हरु बाट
अहिले आउंनेछन आवाज
प्रेम का गल्ली हरु बाट
मायै माया छ
संसार मा यत्र तत्र
माया को बिना त
सूनो छ यो जगत
माया ले कायम छ
संसार दिन - रात;
आऊ प्रिय!
माया का यि फूल हरु लाई आफ्नो काख मा राखौं
आज सदा को लागी उन मा बास्ना भरौं।
No comments:
Post a Comment