Thursday, January 9, 2025

Sehyatri_Nepali_42

 42


हे मेरी सहयात्री!

शायद तिमिलाई सम्झना छ होला 

हाम्रो असीम प्रेम का उपहार हरु

त्यो मधुर मिलन को रात हरु 

मेरो बांझो मुटु मा पनि 

फुलेको थियो 

 माया को फूल 

जाने अनजाने 

दिल ले गर्यो 

 प्रेम को भूल,

 दुःख को आकाश 

भरीएको थियो 

खुशी का ताराहरु संग 

दिल कुरा गर्न चाहन्थ्यो 

चांद ताराहरु संग,

अधुरा सपनाहरु लाई 

मिलेको थियो आश्रय 

सुनौलो बनेका थिए 

हरेक बिहानी 

प्रतिक्षारत छ मन 

आज पनि 

ती प्रेम उपहारहरु को लागी;



आऊ प्रिय!

आफ्ना आधाखुला आंखाहरु मा मेरा सपना भरी देउ 

प्रेम का उपहारहरु ले मेरो झोली भरी देउ ।

No comments:

Post a Comment