Sunday, January 5, 2025

Sehyatri_Nepali_ 36

 36


हे मेरा सहयात्री!

मोर पंख जस्तो प्रेम हाम्रो 

हजूर! हाम्रो प्रेम 

कृष्ण को मोर पंख जस्तो 

सतरंग ले रंगिएको 

र सांचो,

मुकुटधारी को मोर पंख मा 

राधा रानी तन - मन हारी,

 बनवारी का मोरपंख पनि 

राधा रानी का मन मा बस्यो 

मग्न भयो वृन्दावन 

तृप्त भयो राधा को मन,

हाम्रो प्रेम को मोरपंख 

त्यो प्रेमग्रंथ को पृष्ठ मा 

राखिदिनु तिमी 

जसमा हामी ले आफ्नो 

हस्ताक्षर अंकित गरेका थियौं

सांझ को बेला मा वृन्दावन मा,

तेसैमा हामी ले मिलेर आफ्नो रचेथ्यौं प्रेम को महाकाव्य;


आऊ प्रिय!

यो मोरपंख ले आफ्नो प्रेम महाकाव्य रचौं

अक्षर - अक्षर पढेर महाकाव्य सार्थक गरौं।

No comments:

Post a Comment