30
हे मेरा सहयात्री!
माया को राजधानी को
किल्ला हो मन
यहीं बाट शासन गर्छन
माया का सम्राट हरु
यो किल्ला लाई
जीत्न को लागी
हात्ती घोड़ा को सेना होइन
बरु फ़कीरहरु को
पवित्र मन को
आवश्यकता हुन्छ
जो जमीन मा रहेर पनि
आकाश माथि शासन गर्न सक्छन
जो माटो बाट सुन बनाउने
कला जान्दछन
जो हर दुःख लाई
आफ्नो छाती मा लुकाउन सक्छन,
त्यसैले उनिहरुको मायाले भरीएको मन मा
यो सारा संसार
अटाउन सक्छन
जहां रात -दिन, दिन -रात
माया ले भरिएका सपना
करवट लिन्छन ;
आऊ प्रिय!
यी माया ले भरिएका मन मा यो संसार लाई लुकाऔं
माया भरिएका प्रत्येक सपना लाई हामी पल -पल बिउंझाऔं।
No comments:
Post a Comment