52
हे मेरी सहयात्री!
आऊ!
यो संसार लाई
आफ्नो असीम प्रेम ले
सुभाषित गरिदिऊं
हर अंधेरालाई
प्रेम को किरण ले भरिदिउं,
तिमी सुर्य बन
म किरण बनुं
तिमी पर्वत बन त
म नदी बनु
तिमी आकाश बन त
म धरा बन्छु
तिमी रात बन त
म तारा बन्छु
तिमी बन्छौ दरिया त
म किनारा बन्छु
तिमी राग बन त
म सुर बन्छु
तिमी आगो बन्यौ त
म धुवां बनुं
तिमी सफर बन त
म हमसफ़र बनुं;
आऊ प्रिय!
यो निश्छल प्रेम मा एक अर्को को पूरक बनौं
यदि ईश्वर प्रेम हो त हामी प्रेम को मूर्ती बनौं।
No comments:
Post a Comment