हे मेरा सहयात्री!
माया सीमा मा
कैद हुन सक्दैन;
समुन्द्र को गहराई
पर्वत को ऊंचाई
आकाश को उड़ान
जमीन को खान
चंद्रमा को किरण
सुर्य को तपन,
कसैले रोक्न सक्दैन
प्रेम को लगन
हाम्रो आत्मा हरु को
मिलन को यो माया को फूल
यस्तै गरी फुल्दै जानेछ
बसंत को ढोका बाट,
यो प्रेम पंछी
उडदै रहने छ
माया को कहिल्यै
नमेटिने हिंडाइ मा
खिलाउंदै जानु छ
प्रेम रुपी दाना
सताब्दी सम्म गुंजी रहने छ
हाम्रो मिलन को
माया को गीत बजी रहने छ;
आऊ प्रिय!
हामी मिलेर खुवाऔं आफ्नो प्रेम पंछी लाई दाना
सदा गाउंदै रहोस यो अनंत प्रेम को गाना।
No comments:
Post a Comment