Wednesday, January 8, 2025

Sehyatri -Nepali_41

 41


हे मेरी सहयात्री!

प्रेम को दर्पण मा

कैद भएको थियो 

हाम्रो आत्मा 

त्यो जादूई आईना मा

फुल्थ्यो माया को फूल,

प्रेममय सांसहरु को 

हलचल ले 

व्याप्त हुन्थ्यो आईना,

उस मा हेर्दा 

हाम्रो आंसू पग्लिन्थे

प्रेम को तपिश ले,

त्यो जादूई आईना मा अब 

सिर्फ एक सत्त 

देखिन्छ 

प्रेम मा उन्मुक्त, पागल, हैरान रुह 

आफ्नो प्रेम लाज ओढ़ेको 

कता कहीं हराएको रुह;


आऊ प्रिय!

यो लाज ओढ़ेको रुह संग चिनजान गरौं

आफ्नै अमर प्रेम संग कुराकानी गरौं।

No comments:

Post a Comment