2
ओ मेरा सहयात्री
आत्मा बाट
उठेको गंध
मेरो आत्मा मा
गहिरो रचेको छ
अनि
त्यों गंधमा लिपटिएर
मेरो आत्मा को फूल
अब मुस्कुराउन थालेको छ
मेरो सांसहरुमा घोलिएर
तिम्रो सांस खिल्न थालेको छ
एक फूल को जस्तो
प्रित को पंक्षी
आत्मा को डाली मा
बसेर गाऊंछ
अनंत प्रेम को
चिर परिचित गीत
त्यो चिर परिचित प्रीत,
तेही चिर परिचित प्रीत
झल्मलाउन थालेको छ
मेरो आत्मा को परेलाहरु मा
अमर प्रेम फूलका
जगमगाउंदा दीपक
आऊ प्रिय!
यो प्रेम दीपक लाई आफ्नो परेलाहरु मा सजाऔं
प्रीत को जगमगाऊंदो
ताजमहल बनाऔं।
No comments:
Post a Comment