20
हे मेरा सहयात्री!
तिम्रो आत्मा बाट उठेको
प्रेम को यो फूल
संसार को कुनै पनि सीमा मा
सिमीत हुन सक्दैन,
प्रेम घाटी मा उम्रे को
यो प्रेम फूल ले
सुरभित हुन्छ
हाम्रा तिर्खाएका आत्मा हरु,
महुआ को यो फूल को नशा मा
महकिन्छ हाम्रो रक्तवाह,
समुन्द्र, तारा, आकाश
नदी, पर्वत, क्षितिज
सूर्य, चन्द्रमा, बादल
मौसम को ज़र्रा- ज़र्रा मा
घोलिएर यस्को बास्ना
फैलिन्छ हाम्रो आत्मा हरु मा,
हाम्रो आत्मा हरु मा रमाएको
माया को यो फूल लाई त
जन्म र मृत्यु ले पनि
रोक्न सक्दैन रमाउन ,
आज इश्वर पनि खुशी छन
हाम्रो आत्मा को मिलन देखि;
आऊ प्रिय!
कहिल्यै न छुट्टिने गरी आज मिलौं
महुआ को मोती फेरी मुटु मा राखौं।
No comments:
Post a Comment