Thursday, December 19, 2024

Sehyatri _ Nepali _ 6

 6 


ओ मेरा सहयात्री!

म हर मौसम मा 

तिमी संग संग बढ़ें

अनि तिमी 

कहिले ग्रीष्म, कहिले शरद 

कहिले पतझड़ 

त कहिले वसंत बनेर 

मेरो सांसहरुमा उत्रियौ,

प्रेम को सबै रंग 

हाम्रो आत्मा मा घोलिए 

मौसम को जस्तो 

प्रेम पनि बदलिन्छ र?

प्रेम नदी मा डुबेर 

 उस पारी उतरिन्छ र?

जीवन ले बदल्छ रंग 

मौसम को साथ साथ 

तर, प्रेम को रंग पक्का छ

हेर प्रिय!

तिम्रो प्रेम अग्नि मा जल्दै

म कहिल्यै न ओइलाउने 

वसंत बनेको छु

मेरो आत्मा ले ओढ़ेको छ

प्रेम को अनौठो रंग;


आऊ प्रिय!

यि अनौठा रंग लाई आत्मा मा घोलौं,

प्रेम को रंगशाला को सब पर्दा अब खोलौं।

No comments:

Post a Comment