22
हे मेरा सहयात्री!
मेरो ह्रदय वीणा को तार
जब तिम्रो
आत्मा को संगीत संग
जोडिने छन
विश्वास गर
अप्सरा हरु पनि
हाम्रो अनंत प्रेम को
गीत गुनगुनाऊंने छन,
प्रेम सुर हरु को सरगम मा
यो धरती पनि गाऊछिन
गीत हाम्रो मिलन को,
तारा हरु को धुन मा
रात ले पनि सुनाऊंछ
तराना आफ्नो प्रेम को
चांदनी को नदी मा
डुबकी लगाउंछ चन्द्रमा,
बितेका ती सबै कुरा
प्रीत को लम्हा हरु
फर्कि आउंनेछन
हाम्रो मुटु मा
कहिल्यै न ओइलाउने
फूल मुस्कुराउंछन;
आऊ प्रिय!
यो प्रेम नदी मा डुबेर हामी पार तरौं
युग युग सम्म कायम रहोस हाम्रो प्रेम कामना गरौं।
No comments:
Post a Comment