Wednesday, December 25, 2024

Sehyatri_Nepali _ 18

 18


हे मेरी सहयात्री!

हो,सात आकाश पारी बाट 

आऊंछु तिम्रो सामु 

पुररुवा हो म 

र तिमी उर्वशी हौ तिमी मेरी 

सात समुन्द्र मा डूबेर 

हामी मिलेर जानौंला 

माया को सात ठेगाना,

इन्द्रधनुष को

सात रंग का गमक ले 

उकेरौंला प्रेम चित्र 

आफ्नो आत्मा हरु को फ्रेम मा

सात सूरहरु को सरगम 

गुनगुनाउंने छन 

अमर प्रेम को तराना

हाम्रो आत्मा हरु ले लिन्छन 

सात अग्नि फेरा,

बिहानी को तारा संग 

बिर्सिनु गएको रात लाई 

मुस्काउंछिन धरती 

तिमी पनी मुस्कुराउंनु 

डुब्दै गरेको रात मा 

उदाएको सूर्य को साथ;


आऊ प्रिय!

प्लेडिस र सप्त ऋषिहरु संग पनि  मिलेर आऔं

यो अनंत प्रेम यात्रा को सबै फूल फूलाऔं।

No comments:

Post a Comment