24
हे मेरी सहयात्री!
म अपरिचित थिएं
प्रेम को यो
अनाम बाटो मा
कुनै भूल -भुलैया भन्दा
कम थिएन
माया को गोरेटो हरु,
मलाई त माया लाउने
सलीका पनि आउंदैन
तर तिमीले
मेरो ह्रदय को परत
अनि कली हरु लाई
खोलि दियौ र
तब मैले जानें कि
के हुन्छ माया
र कुन साज़ को धुन मा
कोल्टो फेर्छ मन
कसरी प्रेम को आगो मा
लम्हा -लम्हा बल्दछ हृदय
कसरी ठाउं बाट सरकिन्छ माया!
आऊ प्रिय!
माया को यो भूल - भुलैया मा हामी हराऔं
सधैं - सधैं को लागि हामी एक अर्को को होऔं।
No comments:
Post a Comment