8
ओ मेरा सहयात्री!
ओ मेरा कान्हा!
यो राधा कती सदी देखि
तिम्रो बांसुरी को धुन पर रत छ
आफ्नो प्रेम गीत
पवित्र अमर प्रेम को
तेहि पुरानो अमर गीत
तिम्रो बांसुरी को धुन मा नै
बज्छ
मेरो ह्रदय वीणा को श्रुति हरु
तिम्रो परेला हरु को
थरथराहट बाट
जागेका छन मेरा सपना हरु
अनी जगमग हुंदै छन मेरा रात हरु
तिमि मेरो आराध्य
तिमि नै मेरो प्राण प्रिय
तिम्रो बिना
यो सांस पनि अधुरो छ
तिमि बिना
यो ज़िन्दगी पनि अधुरो छ
कहिले सुन्छौ प्रार्थना
कहिले बस्छौ प्राण मा?
आऊ प्रिय!
आज सदा को लागी म तिम्रो हुन्छु
आफ्नो परेला हरु बंद गरेर तिम्रो मा हराउंछु
No comments:
Post a Comment