15
हे मेरा सहयात्री!
प्रेम को एउटा नदी
मेरो रक्त मा बग्छ
र तिमी ले छोडदिन्छौ
आफ्नो प्रेम कश्ती
यो नदी को लहर हरु मा ,
सिमटी नदी को किश्ती मा
तैरिंदै गर्छ किश्ती
लम्हा -लम्हा,
प्रेम को यो अनंत पथ मा
एक अर्को को हात थामेर
आयौं हामी धेरै टाढा
झल्मलाउन थालेको छ किश्ती
नदी को लहर हरु मा,
मुस्कुराउंदै छन
चांदनी को फूल,
जल्दो बुझ्दो तारा जस्तो
जगमग -जगमग
हाम्रो प्रेम -आकाश;
आऊ प्रिय!
नदी को लहर हरु मा प्रेम दीपक जलाऔं
चांदनी को फूल हरु ले प्रेम मन्दिर सजाऔं।
No comments:
Post a Comment