26
हे मेरी सहयात्री!
कती मिल्दो जुल्दो छन
यो प्रेम वृक्ष का पात हरु
हाम्रो माया ले भरिएका हृदय ले
यि पात का आत्मा हरु मा
धडकिन्छन हाम्रो मासूम
प्रेम ले भरिएको हृदय,
यि बाट छानिएर आउंछन
प्रेम को बास्ना
यो जादू भरे वृक्ष को शाखा हरु
आफ्नो जरा बाट ऊठेर
छुन लागेका छन चंद्रमा को
जीवन र मृत्यु को
घेरा लाई तोडेर
उभ्रन लागेको छ आकाश मा,
समुन्द्री तुफान बाट उभ्रिएर
तैरन लागेको छ अब
हाम्रो प्रेम को कश्ती
चांदनी को लहर हरु मा,
अनि रिसन लागेको छ
हाम्रो असीम प्रेम
यो प्रेम वृक्ष को पात हरु बाट;
आऊ प्रिय!
यो पात हरु को कश्ती मा हामी सवारी गरौं
यो सफर मा एक अर्को को भागी बनौं।
No comments:
Post a Comment