Monday, December 23, 2024

Sehyatri _ Nepali _ 12

 12


हे मेरा सहयात्री!

तिम्रो र मेरो प्रेम को 

साक्षी प्रेम वृक्ष 

अब ठुला भएका छन,

धरती लाई छोडेर 

आफ्नो जरा हरु संगै 

उड़न थालेका छन 

गहिरो निलो आकाश मा,

हाम्रो प्रेम आतुर छ

आफ्नो फैलिएको अंगालोमा 

लिन लाई 

गहिरो निलो आकाश 

हाम्रो असीम प्रेम को लागी 

यो आकाश पनि कम छ

हाम्रो मिलन को हर क्षितिज 

ब्रह्मांड देखि पनि कम छैन,

हाम्रो प्रेम लय को संगीत सुनेर 

मूक भयो आकाश 

र धरती भयो बधीर 

धेरै आतुर छ यो 

अचल धरती 

आफ्नो अंगालोमा 

बांध्न को लागी 

हाम्रो असीम प्रेम;



आऊ प्रिय!

सबै क्षितिज मा आफ्नो प्रेम को नाम लेखौं

ठहरिएको धरती मा प्रेम को नया निर्माण गरौं।

No comments:

Post a Comment