27
हे मेरी सहयात्री!
धरती देखी
आकाश सम्म
फैलिएको
हाम्रो अमर प्रेम को ऋचा हरु
अब घुल मिली गए
आकाश को प्रेम रंग हरु मा,
कैद भएका छन
एक अर्को को आत्मा मा,
यो मिलन को
साक्षी बने
सुर्य र चंद्रमा पनि
अब डुब्न लागेका छन
यो अनंत प्रेम को नदी मा
यो बग्दै गरेको प्रेम नदी मा
हाम्रो कश्ती किन ठहरियो?
किन चलाउन थाले
विपरीत दिशा मा पतवार
किन सिमीत गर्यौं हामी ले
आफ्नो आफ्नो भाग को प्यार
आखिर किन?
आऊ प्रिय!
यो कश्ती को रुख लाई बग्दै गरेको नदी तर्फ मोडौं
हामी आफ्नो आफ्नो दुःख लाई यो नदी मा छोडौं।
No comments:
Post a Comment