11
ऐ मेरा सहयात्री!
मेरा पंख हरु को उड़ान लाई
चाहिए को छ
केवल तिम्रो आकाश
अंकित गरि देउ
आफ्नो हस्ताक्षर
मेरो प्रेम पंखहरु मा
यिनै पंख हरु मा चढेर
हामी जाऊंला प्रेम को अनंत यात्रा मा,
हाम्रो माया को लागी
यो क्षितिज पनि
सानो लाग्नेछ
हाम्रो माया र मिलन को गीत
यो गगन ले पनि गाऊंछ,
हाम्रो प्रेम अग्नि को तपन ले
पग्लिन्छन हिउंचुली
र
बग्न थाल्छ पवित्र नदी,
म आतुर छु तिमी लाई
अंगालोमा भर्न
तिम्रो सब सानो,ठुलो आकाश लाई;
आऊ प्रिय!
आफ्नो बंद आंखा को पलक हरु मा हामी
पुरा आकाश भरौं
र सबै प्रेम दीपक लाई त्यो आकाश मा जडौं।
No comments:
Post a Comment