हे मेरा सहयात्री!
दुःख को यो जंगल बाट
हिंडदा हिंडदै
धेरै थाकेको थिएं म
तर तिम्रो प्रेम को सारंगी
मेरो ह्रदय मा यसरी गूंज्यो
कि यो पिडा को साज को
तानै बदलियों,
अब आफै संग हैरान छु कि
यो पिडा युक्त साज़ बाट
फूटछन केवल माया को गीत
यि गीत सांस- सांस मा शोषित छ
हाम्रो प्रेम अनगिनत प्रसंग
यि प्रेम प्रसंग मा
करवट लिन्छ ज़िन्दगी
सारंगी को धुन मा
गुनगुनाउंदै गीत
यिनी सब प्रेम प्रसंग हरु लाई
आफ्नो फैलिएको अंगालोमा
सिमटी प्रेम कविता हरु
अब ब्युंझिन्छन नींद बाट
र गुनगुनाउनेछन
प्रेम का अनंत गीत;
आऊ प्रिय!
प्रेम गीत हरु ले आफ्नो आत्मा को सुशोभित गरौं
सारंगी को प्रेम धुन ओंठहरु मा अंकित गरौं।
No comments:
Post a Comment