5
ओ मेरा सहयात्री!
मनचली हवा को
दिशा चिन
यो मनचली हवा नै
हामी लाई आफ्नो पंख मा
बसालेर लैजान्छ
टाढा दूर देश
अनजान ठाउं ,
सुनाउछ हाम्रो आत्मा लाई
अमर प्रेम को अनंत तराना,
ओ मेरा सहयात्री!
तिमि हवा को
सादगी तिर नजानु
न पठाउ वसन्त को बास्ना
उ संग
कहीं न लागोस हाम्रो
प्रेम पत्र उसको हात,
हवा को रुख लाई सम्झ
हवा को विपरीत न उड़
कहीं सब उडाएर न लगोस
यो मनचली हवा चिन
हवा को रुख लाई सम्झ
ओ नादान!
आउ प्रिय!
मनचली हवा को ओंठहरु मा राखिदिउं अमर प्रेम को फूल
र फेरी जन्म - जन्म दोहोराउंदै रहुन यही फूल।
No comments:
Post a Comment